ग्लोवल मनी विकः बीमा प्राधिकरणद्वारा बेबिलोन नेशनल स्कुलमा वित्तीय साक्षरण कार्यक्रम सम्पन्न

७ चैत्र २०८१, बिहीबार १६:३३

काठमाडौं । ग्लोबल मनी विका २०२५ को अवसरमा नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालयले बेबिलोन नेशनल स्कुल शान्तिनगरमा कक्षा ९ का विद्यार्थीहरु माझ वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा गरिएको उक्त कार्यक्रममा प्राधिकरणको तर्फबाट उपनिर्देशक राजेन्द्र महर्जनले ग्लोबल मनि विकको विषयमा रहि प्रस्तुतीकरण गरेका थिए प्रस्तुतीकरणमा उपनिर्देशक महर्जनले बीमामा रहेका बिभिन्न वित्तिय अककजारहरुबारे विध्यार्थीलाई जानकरी गराउँदै विशेषतमा जोखिम, जोखिम व्यवस्थापन बीमा तथा बीमाको महत्वबारे विध्र्यार्थीहरुलाई जानकारी गराएका छन् ।

साथै उपनिर्देशक महर्जनले विद्यार्थीहरुलाई फजुल खर्च नगरी अभिभावकले दिने पकेट खर्च लगायत अन्य अवसरमा प्राप्त हुने रकमलाई अभिभावकको मद्धतमा वित्तिय औजारको प्रमुख अगं रहेको केहि रकम बैंकका बचत गर्न र केहि रकम पुजीबजारको प्राथमिक शेयरमा लगानी गर्न आग्रह गरेका छन् ।


साथै मानिसको जीवन तथा सम्पतिमा आईपर्ने बिभिन्न घटनाबाट उत्पन्न हुने जोखिम व्यवस्थापनका लागि आफ्नो अभिभावकलाई जोवन तथा सम्पती बीमा गर्न समेत आग्रह गरिएको छ । प्रस्तुतीकरणको अन्तमा बिद्यार्थीहरुलाई प्राधिकरणका सहायक प्रथम सागर आचार्यले प्रस्तुतीकरणसँगै सम्बन्धित हाजिरी जवाफ समेत खेलाएका थिए ।

बेविलोन नेशनल स्कुलका सह प्रधानअध्यापक रीता राईले कार्यक्रम अति नै उपयोग रहेको तथा आगामी दिनमा अनुशासित भई बचत गर्ने बानी बसाल्नुका साथै अभिभावकको सहयोग लिई सहि वित्तीय उपकरणमा लगानी गर्दै जान समेत विद्यार्थीहरुलाई आग्रह गरिन् । उक्त कार्यक्रममा प्राधिकरणको तर्फबाट सन्ध्या गौतमको पनि सहभागिता रहेको थियो ।

युवा वर्गलाई वित्तीय ज्ञान, सीप र मनोवृत्ति साथै व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धि गर्नु तथा विवेकशील वित्तीय निर्णय लिन सघाउन यस कार्यक्रमले धेरै सहयोग मिलेको प्राधिकरणले विश्वास व्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*