तीन कम्पनीको एक करोड ७४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
७ चैत्र २०८१, बिहीबार १५:४५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार लक्ष्मी सनराइज बैंक, बिन्ध्यवासिनी हाइड्रोपावर र साना किसान लघुवित्तको बोनश शेयर सूचीकृत भएको हो ।
बिहीबार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनशका दरले करोड १५ लाख ९३ हजार, साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनश बराबर ५० लाख ६ हजार र बिन्ध्यवासिनी हाइड्रोपावरको ७.६० प्रतिशत बोनश शेयर बराबर सात लाख ९८ हजार कित्ता बोनश शेयर सूचीकृत भएको छ ।
कम्पनीहरुको सूचीकृत भएको उक्त शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउँने भएको छ ।