जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमै मृत फेला

७ चैत्र २०८१, बिहीबार १५:४९

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको उर्लाबारी–७ का शाखा प्रमुख भुपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

चैत ६ गते शाखा प्रमुख ३२ वर्षीय साह कार्यालयमै मृत भेटिएका हुन् । मोरङको झुर्किया घर भएका उनी गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा कार्यरत रहेको बुझिएको छ ।

प्रहरीले सो घटनाको अनुसन्धान गरी रहेको कम्पनीका प्रवक्ता सुदीप कुमार मण्डलले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*