नेपाल र हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताको लर्को, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
७ चैत्र २०८१, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल रि इन्स्योरेन्सको २८ करोड २१ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँ, सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २३ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।