नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले कति पाउलान् ओपनिङ रेन्ज ?

७ चैत्र २०८१, बिहीबार १३:०२

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले आइपीओ बाँडफाँट गरी सकेका छन् । बाँडफाँट भए पश्चात अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा रहेको छ । लगानीकर्ताको चासोको विषय बनेको छ ओपनिङ रेन्ज ।

नेप्सेमा सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ । हाल नेपाल माइक्रोको प्रतिशेयर नेटवर्थ १००.८० रुपैयाँ रहेको छ भने क्रेष्टको १००.८६ रुपैयाँ रहेको छ।

अब नेप्सेले नेपाल माइक्रोलाई १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँसम्म र क्रेष्ट माइक्रो लाइफलाई १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्ने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*