४० वर्षको शिक्षण सेवा सम्पन्न गरी शिक्षक कृष्ण खडायतको बिदाई

७ चैत्र २०८१, बिहीबार ०९:४१

काठमाडौँ । लटिनाथ आधारभूत विद्यालय, बारिल दार्चुलाका शिक्षक कृष्ण खडायत अनिवार्य अवकाश अन्तर्गत आज (चैत ७ गते) सेवा निवृत्त भएका छन्। उनले ४० वर्ष लामो समय शिक्षण सेवा प्रदान गरेपछि विद्यालयले भव्य समारोह आयोजना गर्दै खादा र माला लगाएर सम्मानपूर्वक बिदाई गरेको हो।

विद्यार्थी, अभिभावक तथा सहकर्मीहरूले उनको निरन्तर परिश्रम, अनुशासन र समर्पणको खुलेर प्रशंसा गरेका छन्। विद्यालय परिवारले उनको अनुभव र शिक्षण विधिले विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै बिदाई गरेको हो।

दार्चुला जिल्लाको शैलेशिखर नगरपालिका–१, बारिलका स्थायी बासिन्दा खडायतले आफ्नो शिक्षण जीवनमा धेरै विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए। शिक्षण सेवामा बिताएको चार दशकपछि बिदाई हुँदै गर्दा उनले आफूलाई विद्यालय परिवार र विद्यार्थीहरूको मायाले भावुक बनाएको बताए। शिक्षक खडायतको सेवा योगदानलाई विद्यालयले सधैं सम्झने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*