नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले कहिले गर्दैछ अभिकर्ता परीक्षा ?
७ चैत्र २०८१, बिहीबार ११:५९

काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले चैत १२ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा मंगलबार बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने भएको हो ।
कार्यालयले चैत ६ गते एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।
जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।