नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख थापालाई भव्य रुपमा बिदाई

७ चैत्र २०८१, बिहीबार १०:४६

काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनी छाता सस्था नेपाल प्रोफेसनल्स सोसाइटी लुम्बिनी च्यापटरको आयोजनामा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बिगत २ वर्ष भन्दा लामो समयसम्म लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी लिदै लुम्बिनी प्रदेशमा जीवन तथा निर्जीवन कम्पनीको अनुगमन, निरीक्षण तथा सहजीकरण गर्दै आएका नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापालाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । साथै उनको ठाउँमा आएकी जमुना अर्याललाई स्वागत गरी सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा जीवन वीमा कम्पनिको तर्फबाट बुद्ध सुर्यवम्सी तथा निर्जिवन कम्पनीको तर्फबाट रमेश बहादुर थापाले गरेका थिए । कार्यक्रम निप्स लुम्बिनी च्यापटरका अध्यक्ष यम प्रसाद तिवारीको अध्यक्षता, पुर्ब अध्यक्ष किरण काफ्लेको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सस्थाका महासचिव लक्ष्मण सुवेदीले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*