अमेरिकी डलर र युरोको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ७ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.०२ रुपैयाँ र बिक्रीदर १३८.६२ रुपैयाँ र युरोपियन युरो एकको खरिददर १५०.४४ रुपैयाँ र बिक्रीदर १५१.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
त्यस्तै युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८.९९ रुपैयाँ र बिक्रीदर १७९.७७ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५६.९२ रुपैयाँ र बिक्रीदर १५७.६० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.३९ रुपैयाँ र बिक्रीदर ८७.७७ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.३४ रुपैयाँ र बिक्रीदर ९६.७६ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०३.५१ रुपैयाँ र बिक्रीदर १०३.९६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.८० रुपैयाँ र बिक्रीदर ३६.९६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.८६ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.५८ रुपैयाँ र बिक्रीदर ३७.७४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.६७ रुपैयाँ र बिक्रीदर १३.७३ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.१७ रुपैयाँ र बिक्रीदर २०.२६ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.७६ रुपैयाँ र बिक्रीदर १७.८४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४८.०४ रुपैयाँ र बिक्रीदर ४४९.९९ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.११ रुपैयाँ र बिक्रीदर ३६७.७० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.५३ रुपैयाँ र बिक्रीदर ३६०.०८ रुपैयाँ रहेको छ।