गणतन्त्र धरापमा पर्दै जाँदा नेपाली सेनाको बिज्ञप्ति

६ चैत्र २०८१, बुधबार २३:२४

काठमाडौं । दलहरुको अकर्मण्यताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा फस्दै गएको समयमा नेपाली सेनाले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरेको छ ।

नेपाली सेनाले राजतन्त्रको पक्षमा साथ दिनसक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न समाचारहरुमा उल्लेख भइरहेपछि आज साँझ नेपाली सेनाले प्रेस बिज्ञप्तिमार्फत धारणा बाहिर ल्याएको हो । नेपाली सेनाले पहिलो पटक पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बाहिर ल्याएको छ ।

बिज्ञिप्तमा भनिएको छ, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।

विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ ।  तसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’

नेपाली सेनाले आज प्रकाशित गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएका भाषाहरुले संघीय लोकतान्त्रिक गणतन्त्र थप धरापमा परेको स्पष्ट संकेतहरु देखा परेको छ ।

नेपाली सेनाले आज साँझ प्रकाशित गरेको बक्तव्यमा कुनै पनि पक्षको समर्थन नगरेकोले नयाँ परिवर्तनलाई आत्मसात गर्न सक्ने स्पष्ट संकेत देखिएको छ ।
पछिल्लो समय राजतन्त्र र राजा ज्ञानेन्द्र शाहको पक्षमा विशाल जनउभारहरु देखिन थालेका छन् । राजनीतिक विश्लेषकहरुले राजतन्त्र वा राजा ज्ञानेन्द्र पुनः राजा हुनसक्ने चर्चा गरिरहेका छन् । माओवादी, एकीकृत समाजवादीसहितका दलहरुले राजाको कदमलाई असफल पार्न चैत्र १५ गते बिशाल सभा गर्ने घोषणा गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*