अब साँझको समय लोडसेडिङ हुन्छः उर्जा मन्त्री खड्का

६ चैत्र २०८१, बुधबार १७:४८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब साँझको समयमा सर्वसाधारणका घरमा पनि लोडसेडिङ हुन सक्ने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री खड्काले हाल विद्युत् उत्पादनभन्दा माग उच्च रहेकाले लोडसेडिङको अवस्था सिर्जना भएको बताए।

उनका अनुसार हाल नेपाल विद्युत् प्राधिकरणले ७०० मेगावाट र निजी क्षेत्रले २८०० मेगावाट उत्पादन गरिरहेका छन्। त्यसैले उद्योगमा भइरहेको लोडसेडिङ अब सर्वसाधारणलाई पनि असर गर्ने अवस्था आएको उनको भनाइ छ।

मन्त्री खड्काले नेपालमा लोडसेडिङ हट्नमा भारत र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। उनले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको श्रेय दिनु उचित नहुने भन्दै भारतबाट आयात गरिने विद्युत्को कारणले नै उज्यालोको अनुभूति भएको तर्क गरे।

उनले नेपाल विद्युत् प्राधिकरण नाफामा गएको दाबी असत्य रहेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्राधिकरणको घाटा २ खर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*