८ महिनामा नेपाल प्रहरीले उठायो ४२ करोड राजश्व, ट्राफिक जरीवानाबाट साढे ९ करोड

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ४२ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको राजश्व संकलन विवरण अनुसार ८ महिनामा कुल ४१ करोड ७१ हजार रुपैयाँ संकलन गरेको हो ।
समीक्षा अवधिमा प्रहरीले अबैध चाँदी बरामदबाट १८ लाख ५९ हजार रुपैयाँ, अबैध पशुपन्छीबाट दुई लाख ६९ हजार रुपैयाँ, अबैध नदीजन्य पदार्थ उत्खनन्बाट २७ लाख आठ हजार रुपैयाँ र श्रोत नखुलेको रकमबाट ४४ लाख १६ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।
हुण्डी कारोबारबाट ७५ लाख ११ हजार रुपैयाँ, अबैध मुद्रा बरामदबाट ८४ लाख चार हजार रुपैयाँ, अदालती फैसला कार्यन्वयजबाट सात करोड ६२ लाख ६५ हजार रुपैयाँ, अबैध सुन बरामदबाट सात करोड ९८ लाख रुपैयाँ र ट्राफिक कारबाहीबाट नौ करोड ४८ लाख रुपैयाँ राजश्व प्रहरीले उठाएको छ ।
नेपाल प्रहरीले अबैभ मालसामान बरामदबाट सबैभन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले अबैध मालसामान बरामदबाट १३ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।