नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि भोलिदेखि लागू गर्ने

६ चैत्र २०८१, बुधबार १७:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम कारोबार मूल्य निर्धारणका लागि नयाँ विधि लागू गर्ने निर्णय गरेको छ। नेप्से सञ्चालक समितिको चैत ५ मा बसेको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ कार्यान्वयन गर्ने निर्णय गरेको हो।

यो व्यवस्था आगामी चैत ७ गतेदेखि लागू हुनेछ। नयाँ प्रणालीअनुसार नियमित कारोबार सत्रको अन्तिम १५ मिनेट अर्थात् अपराह्न २:४५ देखि ३:०० बजेसम्म कायम भएको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा लिइनेछ।

यदि उक्त अवधिमा कुनै कारोबार नभएको खण्डमा भने पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिनेछ। नेप्सेले नयाँ विधिबाट बजार सञ्चालन थप व्यवस्थित हुने विश्वास लिएको छ। यस विषयमा सम्बन्धित सबै पक्षलाई जानकारी गराइने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*