ऋण लिएर घर बनाउने बढेः १२ बैंकले बढाए लगानी, पुरानै कर्जा असुलीमा को-को छन् ?

६ चैत्र २०८१, बुधबार १७:०३

काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने घर कर्जाको प्रवाह उल्लेख्य रूपमा बढेको छ । ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलता सहज हुनु यसका प्रमुख कारण मानिन्छन् । दुई करोड रुपैयाँसम्मको कर्जा प्रावधान भएकाले धेरै नागरिक बैंकको सहायतामा आफ्नो घर निर्माण गर्न इच्छुक देखिएका छन् ।

घर कर्जामा आकर्षक योजनाहरू ल्याउने बैंकहरूको प्रतिस्पर्धा पनि बढ्दो छ । कम ब्याजदर, निश्चित अवधिको स्थिर ब्याजदर तथा सहज भुक्तानी व्यवस्थाले ग्राहकलाई थप प्रोत्साहित गरेको छ । यसले विशेष गरी मध्यमवर्गीय परिवारलाई घरजग्गा खरिद र निर्माणतर्फ आकर्षित गराएको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको कर्जा लगानी लागत कम हुने भएकाले कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा सस्तो भएको छ । यसले घरजग्गा क्षेत्रमा नयाँ उत्साह थपेको छ । निर्माण सामग्रीको मूल्यवृद्धि भए पनि सहज कर्जाका कारण मानिसहरू घर निर्माणको योजनामा लागेका छन् ।

घर कर्जाको माग बढेसँगै बैंकहरूको ऋण प्रवाहसमेत उच्च भएको छ । चालु आर्थिक वर्षको ७ महिना वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब १८ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ७ महिनामा बैंकहरुले ३ खर्ब ५ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ घर कर्जा दिएका हुन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा व्यक्तिगत घर बनाउनका लागि सर्वाधिक कर्जा दिनेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले ५१ अर्ब ६४ करोड कर्जा प्रदान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.०४ प्रतिशतले कम हो ।

सर्वाधिक ब्यक्तिगत घर कर्जा दिने दोसा्रे नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले ब्यक्तिगत घर कर्जा २८.१७ प्रतिशतले बढेर ३७ अर्ब ८४ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, नबिल बैंकले समिक्षा अवधिसम्ममा ब्यक्तिगत घर कर्जा मार्फत २७ अर्ब ३० करोड ३९ लाख रुपैयाँ दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगत घर कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९.४० प्रतिशतले बढेर २७ अर्ब २४, एभरेष्ट बैंकको १.२२ प्रतिशतले घटेर २२ अर्ब ७४ करोड, लक्ष्मी सनराइज बैंकको ७.९९ प्रतिशतले घटेर १८ अर्ब, एनएमबि बैंकको ११.२० प्रतिशतले बढेर १६ अर्ब ८८ करोड, सिद्धार्थ बैंकको २९.१५ प्रतिशतले बढेर १३ अर्ब ४७ करोड र प्रभु बैंकको ५.६८ प्रतिशतले घटेर १३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

व्यक्तिगत घर बनाउनका लागि कुमारी बैंकले १२ अर्ब ६६ करोड, कृषि विकास बैंकले १० अर्ब, सिटिजन्स बैंकले १० अर्ब, सानिमा बैंकले ९ अर्ब ७१ करोड, स्टान्र्डड चाटर्डले ९ अर्ब ६२ करोड, प्राइम बैंकले ८ अर्ब ४० करोड, नेपाल इन्भेष्टमेन्ट गेमा बैंकले ७ अर्ब ४५ करोड, नेपाल बैंकले ७ अर्ब, माछापुछ्र्रे बैंकले ६ अर्ब ४२ करोड, हिमालन बैंकले ५ अर्ब र नेपाल एसबिआई बैंकले २ अर्ब ३४ करोड रुपैयाँ कर्जा दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*