नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
६ चैत्र २०८१, बुधबार १०:५७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम (नेपाली तथा अमेरिकन डलर) मा लगानी गर्नुपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग बर्गका वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव गर्न कम्पनीले आह्वान गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीको मुद्दती निक्षेप सम्बन्धि विवरण कम्पनीको आधिकारीक वेबसाइटमा उपलब्ध रहेकाले इच्छुक संस्थाले उल्लेखित सम्पूर्ण विवरण भरी सूचना प्रकाशित मितिले ५ दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।