नेपाल इन्स्योरेन्समा ४० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

६ चैत्र २०८१, बुधबार ०७:५१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट/सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर–डेप्यूटी म्यानेजर १० जना र म्यानेजर/सिनियर म्यानेजर ५ जना माग गरेको हो।

असिस्टेन्ट/सिनियर असिस्टेन्टका लागि कम्तीमा प्लस टू पास गरी २ वर्ष निर्जीवन बीमा कम्पनीको मार्केटिङ क्षेत्रमा काम गरेको र १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।

त्यस्तै जुनियर अफिसर–डेप्यूटी म्यानेजरका लागि ब्याचलर डिग्री गरी ३ वर्ष निर्जीवन बीमा कम्पनीको मार्केटिङमा क्षेत्रमा काम गरेको र २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ।

त्यसैगरी म्यानेजर/सिनियर म्यानेजरका लागि कम्तीमा ब्याचलर डिग्री गरी निर्जीवन बीमा कम्पनीको मार्केटिङ फिल्डमा ५ वर्षको अनुभव भएको र ३० वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*