त्रिविमा तालाबन्दी आतंक बन्द गर्ने माग गर्दै स्वतन्त्र उम्मेदवार उज्ज्वलको समूह धर्नामा

५ चैत्र २०८१, मंगलवार १८:१३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तालाबन्दीका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएसँगै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काको समूह धर्नामा बसेको छ। उनीहरूले ‘राजनीतिक आतंक बन्द गरौं’, ‘अराजकहरू मुर्दावाद’, ‘स्ववियु चुनाव सुचारु गरौं’ जस्ता नाराबाजी गरेका छन्।

उम्मेदवार खड्काले तालाबन्दी आतंकका कारण निर्वाचन प्रक्रिया प्रभावित भएकाले तत्काल चुनावी कार्यक्रम अघि बढाउन माग गरेका छन्। साथै, त्रिविको शैक्षिक वातावरण बिगार्न खोज्ने तत्वहरूलाई बहिष्कार गर्न विद्यार्थीहरूलाई अपिल गरेका छन्।

यसअघि, नेविसंघका दुई समूहबीच आधिकारिकताको विवाद भएपछि स्ववियु निर्वाचन स्थगित गरिएको थियो। अब त्रिवि क्याम्पसमा चुनाव आगामी चैत ८ गतेका लागि सारिएको छ। तर, नेविसंघभित्रको विवाद अझै टुंगो लाग्न सकेको छैन। यही परिस्थितिलाई लिएर उज्ज्वल खड्काको समूह विरोधमा उत्रिएको हो। उनीहरूले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न त्रिवि प्रशासनलाई दबाब दिइरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*