दुई कम्पनीद्धारा आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन

५ चैत्र २०८१, मंगलवार १६:४४

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ । आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आइपीओ बिक्री गर्न अनुमति मागेका छन् । आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि यसले कुल ३६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

त्यस्तै, मेवा डेभलपर्सले पनि १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ । यसले १ करोड १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*