इजरायलद्वारा गाजामा भीषण हमला, ३२६ भन्दा बढीको मृत्यु

५ चैत्र २०८१, मंगलवार १५:४७

काठमाडौं । इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले कयौं घाइतेहरू अझैपनि भग्नावशेषमुनि भएकाले यो संख्या थप बढ्न सक्ने उल्लेख गरेका छन्।

इजरायली सेनाले गाजाको दक्षिणी भागमा खान युनिस र रफाह, उत्तरमा गाजा सिटी र मध्य भागमा देइर अल–बलाहमा भीषण हमला गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेहरूमध्ये धेरैजसो बालबालिका, महिला र वृद्धहरू छन्।

गाजामा शासन गर्ने हमासले इजरायलको यो आक्रमणलाई जनवरीमा भएको युद्धविराम उल्लङ्घनको रूपमा लिएको छ। हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई शान्तिवार्ता रोक्ने र द्वन्द्वलाई फेरि सुरु गर्ने निर्णय गरेको आरोप लगाएको छ।

इजरायली अधिकारीहरूले भने यो हमला हमासको बन्दी मुक्त गर्न अस्वीकार गर्ने निर्णयपछि भएको बताएका छन्। नेतन्याहुको कार्यालयले हमासविरुद्ध सैन्य कारबाही अझै कडा रूपमा अगाडि बढाइने उल्लेख गरेको छ।

यस आक्रमणपछि गाजामा स्थिति झनै जटिल बनेको छ। उद्धारकर्ताहरू घाइतेहरूलाई अस्पताल पुर्‍याउन प्रयास गरिरहेका छन्। नासेर अस्पतालमा स्ट्रेचरहरूमा राखेर घाइतेहरूलाई ल्याइएको दृश्यहरू सार्वजनिक भएका छन्, जसमा साना बालबालिका समेत देखिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*