लेखा समिति बैठकमा सांसदहरूको असन्तुष्टि, सभापतिसँग भनाभन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले नियमित बैठक नबसेको विषयमा असन्तुष्टि जनाएका छन्। बैठकमा सभापति ऋषिकेश पोखरेल र सांसदहरूबीच भनाभन भएको छ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठक अनियमित रूपमा बसिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले लेखा समिति प्रतिनिधिसधाको शून्य समयजस्तो भएको र बैठक पनि पर्वजस्तै महीनामा एक पटक बस्ने गरेकोमा असन्तुष्टि जनाए। साथै उनले आम नागरिकमा निराशा छाएको बेलामा बैठक नबस्नाले पण्डितलाई हेराएर बसे जस्तै भएको टिप्पणी गरे।
सभापति पोखरेलले बैठक नियमित नरहेको आरोप अस्वीकार गर्दै फागुन ९ गतेपछि १५ वटा उपसमितिको बैठक बसेको बताए। यस क्रममा यादवले धारणाको खण्डन गरेको भन्दै आपत्ति पोखरेलले “खण्डन नगरेको” जवाफ फर्काए।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले यादवको भनाइलाई समर्थन गर्दै उजुरीको चाङ निकै भएको र दिनकै बैठक बस्नु पर्ने अवस्था आउँदा पनि बैठक बस्न नसकेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि बैठक नियमित हुनुपर्ने र बैठकको संख्या बढाउनुपर्ने माग गरे।
सांसद आलेले आजकै बैठकबाट ट्रंकलाइन र डेडिकेटेड फिडरको विषयमा निर्णय हुनुपर्ने बताए। उनले सभापतिलाई यस विषयमा निर्णय गर्नु पर्छ भनेर भाग्ने गरेको आरोप समेत लगाए।