यी तीन तरिकाबाट हेर्नुहोस् क्रेस्ट माइक्रो लाइफको आईपीओको नतिजा
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आज मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो। आईपीओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ। आईपीओको नतिजा केही बेरपछि अनलाईनबाट हेर्न सकिनेछ। यसरी हेर्नुहोस् आईपीओको नतिजाः सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed