राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुमन नेउपाने नियुक्त
४ चैत्र २०८१, सोमबार १८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरको कार्यालयका कायममुकायम निर्देशक सुमन नेउपानेलाई सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ। यो निर्णय २०८१ चैत ४ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
नेउपाने २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध छन्। उनलाई सह-प्रवक्ता तथा सूचना अधिकारीका रूपमा तोकिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।