प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार !

काठमाडौं । पछिल्लो विकसित घटनाक्रम अनुसार यतिबेला नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै छलफल तीव्र पारिएको छ । विकसित नयाँ घटनाक्रम अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामाथि उत्पन्न जटिलताका विरुद्धमा दलहरु एकजुट हुन खोजिरहेका छन् ।
यही सन्दर्भमा नयाँ राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने छलफल तीव्र पारिएको छ । नयाँ परिस्थितिमा आफू प्रधानमन्त्री बन्ने भन्दै आरजु राणा पछिलल्लो सात दिनदेखि भारतमै रहेकी छिन् । आरजु राणाले सके आफू प्रधानमन्त्रीमा भारतीयहरुलाई मनाउने नसके शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन घरदैलो कार्यक्रम गरिरहेकी छिन् । नेपालको परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहेकी आरजु राणा कुनै कारण बिना नै एक सातादेखि छिमेकी मुलुक भारतमा व्यस्त बनिरहेकी छिन् ।
आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा र विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । आजको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गरेको जनाइएको छ । यद्यपि प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले नयाँ प्रधानमन्त्रीमा प्रचण्डको नाममा सहमति भएको कुरा असत्य भएको र प्रचण्ड अहिले नयाँ सरकारको नेतृत्व गर्ने कुनै सोचाईमा समेत नरहेको स्पष्ट पारेका छन् ।
नयाँ प्रधानमन्त्रीमा प्रचण्डले सहमति जनाउन अस्वीकार गर्नुको अर्थ माधव कुमार नेपालमा राष्ट्रिय सहमतिको सरकार गठनको वातावरण बनाउने उद्देश्य रहेको जनाइएको छ ।
तस्विरः फाइल ।