व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: ३ वटाको कर्जा लगानी घट्यो, निक्षेपमा को तगडा?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ५.६२ प्रतिशतले बढ्दा कर्जा प्रवाह ६.१२ प्रतिशतले बढेको देखिएको हो ।
गत आर्थिक बर्ष २०८०।०८१ को असार मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कुल ५७ खर्ब १५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । उक्त निक्षेप चालु आवको माघ मसान्तसम्म बढेर ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको फागुन समान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो निक्षेप संकलन सबैभन्दा बढी रहेको छ । कम्पनीको निक्षेप ५.०७ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब रुपैयाँ पुर्याएको छ ।
नबिल बैंकको निक्षेप संकलन ६.१७ प्रतिशतले बढेर ५ खर्ब ३अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रमक देखिएको छ । बैंकले निक्षेप ९.७३ प्रतिशतले बढेर ४ खर्ब ५२ अर्ब रुपैयाँ पुर्याएको छ ।
यसै कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब, सिटिजन्स बैंकले २ खर्ब, एभरेष्ट बैकले २ अर्ब ६७ करोड, हिमालयन बैंकले ३ खर्ब, कुमारी बैंकले ३ खर्ब ५६ अर्ब, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ५० अर्ब, माछापुछ्रे बैंकले १ खर्ब ६८ अर्ब, नेपाल बैंकले ३ खर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो ।
रकम अर्बमा
कर्जा लगानी
चालु आर्थिक वर्षको ८ अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ६.१२ ले बढेर ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । गत असाससम्ममा बैंकहरुले ४५ खर्ब ७० करोड कर्जा प्रवाह गरेका थिए ।
ग्लोबल आइएमई बैंकले कर्जा प्रवाहमा अग्रस्थान हासिल गरेको छ। समिक्षा अवधिमा बैंकको कर्जा लगानी ३९ अर्ब ६ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो असार महिनाको तुलनामा १० प्रतिशतले बढी हो।
एभरेष्ट बैंकको कर्जा लगानीमा पनि उल्लेखनीय वृद्धी देखिएको छ। यस अवधिमा बैंकले २० प्रतिशतले कर्जा प्रवाह विस्तार गर्दै ३७ अर्ब ५८ करोड रुपैयाँ थप गरेको छ, जसले गर्दा बैंकको कुल कर्जा लगानी २ खर्ब २४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, अन्य बैंकहरूका कर्जा विस्तार विवरण पनि रोचक छन्। एनएमबि बैंकले २९ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ४२ करोड, लक्ष्मी सनराइज बैंकले २६ अर्ब ९ करोड, नबिल बैंकले २६ अर्ब ४ करोड, इन्भेष्टमेन्ट मेगा बैंकले २२ अर्ब ८३ करोड, प्राइम बैंकले २१ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह वृद्धि गरेका छन्।
नेपाल बैंकको कर्जा प्रवाह १७ अर्ब ६७ करोडले वृद्धि भएको छ भने, माछापुच्छ्रे बैंकले १४ अर्ब ५ करोड, सानिमा बैंकले १३ अर्ब ९० करोड, सिटिजन बैंकले १२ अर्ब ३० करोड, सिद्धार्थ बैंकले १२ अर्ब ९ करोड, कुमारी बैंकले ७ अर्ब ६८ करोड, नेपाल एसबिआई बैंकले ६ अर्ब ८३ करोड तथा हिमालयन बैंकले ४ अर्ब ९ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन्।
रकम अर्बमा
तर, केही बैंकहरूको कर्जा प्रवाहमा भने गिरावट देखिएको छ। समिक्षा अवधिमा एनआइसी एशिया बैंकको कर्जा लगानी ३५ अर्ब ४३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ८३ करोड तथा प्रभू बैंकको १ अर्ब ३५ करोड रुपैयाँले घटेको छ।