अर्को सरकार गठनबारे छलफल तीव्र, नयाँ प्रधानमन्त्री आरजु कि माधव नेपाल ?

३ चैत्र २०८१, आईतवार २३:१४

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दलहरुको अकर्मण्यताको कारण देश बर्वाद हुने अवस्थामा पुगेकोले कुनै पनि बेला सत्ता र शासन व्यवस्था नै टेकओभर गर्ने चेतावनी दिएपछि अत्तालिएको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चरम भ्रष्टाचार बेथितीलाई प्रश्रय दिएको आरोप लगाउँदै कांग्रेसले नयाँ सरकार गठनका लागि छलफल तीव्र पारेको हो । राजा ज्ञानेन्द्र शाहको गत आइतबारको काठमाडौं केन्द्रित शक्ति प्रदर्शनपछि हठात दिल्ली हान्निएकी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा अझै स्वदेश फर्केकी छैनन् ।

विश्वस्त स्रोतका अनुसार आरजु राणा अहिले प्रधानमन्त्री बन्ने लाइनमा भारतसँग गम्भिर वार्तामा छिन् । एक साता लामो भारत भ्रमणको क्रममा दिल्ली पुगेकी आरजुले भोलि हुने युरोपियन युनियनहरुको लगानीमा चीन विरोधी एक कार्यक्रममा सहभागी भएर भारतको विश्वास जितेर नेपाल फर्कनेछिन् ।

एक साता लामो बसाईको क्रममा समेत आरजुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न पाएकी छैनन् । यद्यपि मोदीले गोप्य रुपमा भेटवार्ता गरेको र केपी ओलीको क्याविनेटको मन्त्री भएकोले भेटवार्ताको विवरण बाहिर नल्याइएको चर्चा पनि अहिले काठमाडौंमा चलिरहेको छ ।

नेपाल कांग्रेसले कुनै पनि बेला सत्ता गठबन्धन फेर बदल गर्ने निर्णय गरेमा अन्यथा हुने छैन । कांग्रेस निकट एक नेताका अनुसार राजाले मुभ पछि दलहरु तरंगित भएको गणतन्त्र जोगाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्भावना रहेको बीमापोष्टलाई जानकारी दिएका छन् ।

समाजवादी मोर्चाले आन्दोलन घोषणा गरिसकेको अवस्थामा आन्दोलनकारीको तर्फबाट माधव नेपालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनसक्ने राजनीतिक विश्लेषकहरुले औल्याएका छन् । नेपाली कांग्रेसका केही नेताहरु पनि यसअघि सभापति देउवाले माधव नेपाललाई दिएको बचनको पालना गर्न र अहिलेको संकटबाट देशलाई बचाउन राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेकोले माधव नेपालमा सहमति हुनसक्ने स्वीकार गरेका छन् ।

स्रोतका अनुसार आरजु राणा आफै पनि प्रधानमन्त्री हुन खोजिरहेकी छिन् । दिन जति पनि हुनसक्दछ, पार्टीभित्र कमजोर बन्दै गएका देउवाका लागि आरजुलाई प्रधानमन्त्री बनाउन अहिले भगिरथ प्रयासमा रहेका छन् ।

नयाँ बजेटको तयारी गरिरहेको अवस्थामा सरकार ढल्ने अवस्थामा पुग्न लागेको छ । आगामी चैत्र ७ गतेभित्र देशको राजनीतिमा नयाँ संकेतहरु देखा पर्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीसहितको नयाँ सरकारको लागि माधव नेपालको नेतृत्व स्वीकार्य हुनसक्ने संकेत गरेका छन् । स्रोतका अनुसार प्रचण्डको जोडबल माधव नेपालमाथि रहेको छ । उता, सरकार ढल्नै भइसकेपछि अब कांग्रेसले नेतृत्व पाउनु पर्ने भन्दै नेपाली कांग्रेसबाट आरजुलाई प्रधानमन्त्री बनाउनु पर्ने पहलमा पार्टी सभापति देउवा मुभ भइसकेका छन् ।

सत्ता ढल्ने निश्चित भएपछि प्रधानमन्त्री ओली पछिल्लो केही दिनदेखि नरम शैलीमा प्रस्तुत हुँदै आएका छन् । त्यसैले प्रधानमन्त्री केपी ओली भद्रगोल तरिकाले आफ्नाहरु धमाधम नियुक्ती गर्दै गइरहेका छन् ।

नयाँ सरकार गठन हुँदा प्रधानमन्त्री माधव नेपाल वा आरजु मध्ये को बन्ला अझै एकिन भइसकेको छैन । यद्यपि उक्त दुई जना बाहेक अन्य तेस्रो व्यक्ति समेत प्रधानमन्त्री बन्ने सम्भावना रहेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*