नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

३ चैत्र २०८१, आईतवार १८:२८

काठमाडौँ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

व्यवस्थापक तहमा जोखिम तथा अनुपालना, सूचना प्रविधि र डिजिटल मार्केटिङ विभागमा एक–एक जना कर्मचारीको आवश्यकता रहेको छ।

त्यस्तै, इन्भेष्टमेन्टतर्फ दुई जना व्यवस्थापन प्रशिक्षार्थी र सेल्स विभागका लागि एक जना व्यवस्थापन प्रशिक्षार्थी माग गरिएको छ। जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ।

इच्छुक उम्मेदवारहरूले कम्पनीको आधिकारिक वेबसाइट nepallife.com.np/career मार्फत आवेदन दिन सक्नेछन्।

One thought on “नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*