अन्तिम दिनसम्म ओम मेगाश्री आइपीओमा २ अर्ब रुपैयाँ संकलन, १८ लाख ३८ हजारको हात रित्तो

३ चैत्र २०८१, आईतवार १७:५२

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिन आज अर्थात् चैत ३ गतेसम्ममा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आवेदन दिएकामा १ लाख ४७ हजार ६०० जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् । १८ लाख ३८ हजारको भने हात रित्तो हुनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*