राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण

३ चैत्र २०८१, आईतवार १७:२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।

प्रमाणीकरण भएका विधेयकमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक, इकमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*