नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएका शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर

३ चैत्र २०८१, आईतवार १७:०८

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा लाभ लिएको आरोपमा सर्लाहीका एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरहथवा नगरपालिका अन्तर्गतको श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अनुसन्धानका क्रममा बुढाथोकीले श्री महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुर, रौतहटमा निम्न माध्यमिक शिक्षक तृतीय पद नियुक्तिको लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौंबाट जारी भएको प्रवीणता प्रमाण–पत्र तह (पीसीएल) तहको लब्धाङ्क पत्र (ट्रान्सकिप्ट) को झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश अख्तियारले जनाएको छ। नक्कली प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ।

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर गर्दै अख्तियारले उनलाई सोही कानुनअनुसार कैद र जरिवानाको सजाय हुन माग गर्दै आरोपपत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*