चन्द्रागिरी हिल्सद्वारा पैदलयात्रा गरेर मन्दिरमा पुगेका दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली
काठमाडौं । काठमाडौंको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको तथ्य फेला परेको छ । चन्द्रागिरी केवलकार र चन्द्रागिरी नगरपालिकाको मिलेमतोमा चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क असुली हुँदा समेत स्थानीय राजनीतिक दलका नेताहरु, चन्द्रागिरी नगरपालिका र प्रहरीले समेत कुनै चासो देखाएको छैन । सार्वजनिक वन क्षेत्रलाई अतिक्रमण गरी केवलकार निर्माण गरेको चन्द्रागिरी हिल्सलाई सरकारले केवलकारको भाडा मात्रै उठाउन अनुमति दिएको छ । तर, अहिले आम्दानी बढाउन भन्दै चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा निजि सुरक्षा गार्ड राखेर दैनिक लाखौं रुपैयाँ रकम उठाइरहेको छ । बीमापोष्टलाई प्राप्त एक रसिदमा ९१२६ नम्वर उल्लेख भएको पाइएको छ । सो आधारमा चन्द्रागिरी हिल्सले करिब १० हजार जनासँग रकम उठाइसकेको छ । विगत तीन महिनादेखि रकम उठाउँदै आएको चन्द्रागिरी हिल्सले हालसम्म करिब ५० लाख रुपैयाँ उठाइसकेको बताइन्छ । चन्द्रागिरी नगरपालिकाका प्रबक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गीले चन्द्रागिरी नगरपालिकाले रकम असुली गर्न अनुमति नदिएको बताए पनि रकम उठाएको कुरा स्वीकार गरे । ‘प्रबक्ता खड्गीले भने, ‘त्यहाँ धेरै मान्छे हिडेर जाने, बाहिरको खाजाहरु लगेर खाने गरेर दुःख दिएकोले त्यसो गरेको हो । उनले चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाइरहेको सूचना भएको बताउँदै उनीहरुको कम्पाउण्ड क्षेत्रमा प्रवेशका लागि पैसा उठाएको … Continue reading चन्द्रागिरी हिल्सद्वारा पैदलयात्रा गरेर मन्दिरमा पुगेका दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed