हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३ चैत्र २०८१, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

साथै, आइतबार महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख रुपैयाँ, घलेम्दी हाइड्रो लिमिटेडको ३४ करोड १६ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३४ करोड १६ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २६ करोड २० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*