नेपाल धितोपत्र बोर्डद्वारा मुद्दती खातामा लगानी गर्न बैंकलाई आह्वान

३ चैत्र २०८१, आईतवार १४:१७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानी योग्य रकमलाई मुद्दती खातामा लगानी गर्न इच्छुक ‘क’ वर्गका बैंकहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। बोर्डको लगानी नीति २०६७ अनुरूप बैंकहरूले एक वर्षे मुद्दती खातामा दिन सक्ने व्याज दरसहितको प्रस्ताव पेश गर्नुपर्नेछ।

बोर्डले जारी गरेको सूचनाअनुसार इच्छुक बैंकहरूले सूचना प्रकाशित भएको मितिबाट पाँच कार्य दिनभित्र, अर्थात् २०८१ साल चैत ६ गते कार्यालय समयभन्दा एक घण्टा अगाडि आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव बुझाउनुपर्नेछ। प्रस्ताव नेपाल धितोपत्र बोर्डको खुमलटारस्थित कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोर्डले प्राप्त सिलबन्दी प्रस्तावहरू सोही दिन अपराह्न ५:०५ बजे कार्यालयमा खोलिने जानकारी दिएको छ। बैंकहरूबाट प्राप्त प्रस्तावहरूमध्ये अन्तिम निर्णय गर्ने अधिकार बोर्डमै निहित रहनेछ।

सिलबन्दी प्रस्ताव पेश गर्न आवश्यक फाराम तथा बोर्डको लगानी सम्बन्धी नीति बोर्डको आधिकारिक वेबसाइट www.sebon.gov.np मा उपलब्ध छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*