सबै मिलेर खान पाइरहेका भएर मात्र यो व्यवस्था उत्तम भएको होः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले वर्तमान व्यवस्था जनताको हितमा भन्दा पनि सांसदहरुको व्यक्तिगत हितमा भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको इतिहासमा १४ पटक सरकार परिवर्तन भएको र यस अवधिमा ३ जना राष्ट्रपति र झण्डै तीन हजार सांसदहरु भएकाले उनीहरुको लागि मात्र यो व्यवस्था उचित भएको बाएका हुन् ।
उनले भने, ‘यो व्यवस्था यस्तो व्यवस्था हो, जहाँ चुनाव नै नजितेका हरुवाहरु समेत देशको मन्त्री बनेर शासन सत्ता चलाइरहेका छन्। उनीहरुले नागरिकको हित भन्दा पनि आफ्नो हितमा बढी ध्यान दिने गरेका छन् ।’
‘यो व्यवस्था राम्रो हुनुको अर्को कारण भनेको नेता तथा केही उच्च पदस्थ कर्मचारीका छोराछोरीहरु यूरोप, अमेरिका पढ्न पाउने भएकाले उनीहरुको लागि उत्कृष्ट भएको छ ।’ सांसद शाहीले भने ।