नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ
३ चैत्र २०८१, आईतवार १३:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् ।
शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि बढी काम गर्न सञ्चालक पोखरेललाई निर्देशन दिएका छन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको समेत सहभागिता रहेको थियो । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।