दक्षिण अमेरिकामा विनाशकारी आँधी, कम्तीमा ३४ जनाले गुमाए ज्यान

३ चैत्र २०८१, आईतवार १३:०५

काठमाडौं । दक्षिण अमेरिकाको विनाशकारी आँधीमा परि कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्।

तीमध्ये आँधीमा परि मिसौरीमा १२ जनाले ज्यान गुमाएका छन् भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ।

उक्त विनाशकारी आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। कैयौं गाडीहरू पल्टिएका छन्, रूखहरू भाँचिएका छन् भने धेरै घरहरू क्षतिग्रस्त भएका छन्।

शनिबार दिउँसोसम्म सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको सरकारी अधिकारीहरूले बताएका छन्।
मिसिगन, मिजौरी र इलिनोइसमा सबैभन्दा बढी प्रभाव परेको अधिकारीहरूले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*