काठमाडौंमा फेरि बढ्यो टिप्पर आतंक

काठमाडौं । देशको राजधानी काठमाडौंमा टिप्पर आतंक फेरि मच्चिन थालेको छ। अनुशासन गुमाएका टिप्पर चालकहरुले अन्धाधुन्ध गाडी हाँक्दा राजधानी सहित देशका विभिन्न स्थानमा पछिल्ल्लो समय दुर्घटनामा परि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ।
शनिबार बिहान काठमाडौंको तीनकुनेमा टिप्परको ठक्करबाट काभ्रेको पनौति नगरपालिका–११ घर भई ललितपुर धापाखेलमा बस्ने २६ वर्षीय सुकराम तामाङको ज्यान गएको थियो। टिप्परको ठक्करबाट गम्भिर घाइते भएका सुकरामलाई उपचारको लागि ट्रमा सेन्टर पुर्याइएकोमा बिहान ज्यान गएको हो।
त्यस्तै शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका –१ विपिचोकमा बा ५ ख ११६८ नम्बरको टिप्परले ठक्कर दिएपछि ३७ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सानिटारीका ३७ वर्षिय अनुज ढकालको ज्यान गएको थियो।
सरकारले काठमाडौं उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक लगाएको छ। टिप्पर चालकहरुले सवारी अनुशासन समेतको उचित पालना नगरेर सडकमा तीव्र गतिमा हाँक्न थालेपछि घट्ना बढ्दै गएको प्रहरीले जनाएको छ।