सांसद कार्चेन: ‘देशभर ३० हजार कैदीबन्दीमध्ये १८ हजार बिरामी, उपचार व्यवस्था के छ?’

३ चैत्र २०८१, आईतवार १२:०७

काठमाडौं । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले संसदमा बोल्दै देशभरका कैदीबन्दीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हाल देशभर ३० हजार कैदीबन्दी रहेको उल्लेख गर्दै तीमध्ये १८ हजार बिरामी रहेको बताए ।

सांसद लामाले सरकारकै जिम्मेवारीभित्र रहेका यी कैदीबन्दीको स्वास्थ्य उपचारका लागि सरकारले के व्यवस्था गरेको छ भनी प्रश्न उठाए। उनले विश्वभर फैलिरहेको भाइरसको उपचारका लागि सरकारसँग आवश्यक स्रोतसाधन र तयारी छ वा छैन भन्नेबारे पनि सचेत रहनुपर्ने बताए।

‘त्यहाँ खाने भात यहाँ पनि आउँछ’ भन्दै उनले सुधारगृहमा रहेका नागरिकहरूको स्वास्थ्यप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*