मातृभूमि लघुवित्तले लाभांश नबाँड्ने
३ चैत्र २०८१, आईतवार ११:०५

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो।