सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

३ चैत्र २०८१, आईतवार ११:५७

काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान शुरू गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहारका रूपमा आईफोन १६ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एप प्रयोग गरी कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप तथा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ।

यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक उपहार तथा बम्पर उपहारका लागि योग्य हुनेछन्। हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँ बराबरको मोबाइल टपअप जित्नेछन् भने अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले आईफोन १६ प्राप्त गर्नेछन्। अभियान चैत्र १ देखि चैत्र ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्दै सुरक्षित, सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यसहित यो अभियान ल्याएको हो। बैंकले ग्राहकहरूलाई यस योजनामा सहभागी भई लाभ प्राप्त गर्न आग्रह समेत गरेको छ।

हालै बैंक अफ द ईयर २०२४ उपाधि जित्न सफल सिटिजन्स बैंकले केही समयअघि फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा समेत शुरू गरिसकेको छ।

देशभर ६० जिल्लामा फैलिएका १९९ शाखा, १६६ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको सिटिजन्स बैंकले डिजिटल बैंकिङको क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*