हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति ?

३ चैत्र २०८१, आईतवार १०:३८

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुन ओरालो लागेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनले नयाँ रेकर्ड बनाउँदै प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*