बैंकिङ्ग प्रणालीबाट आज ४० अर्ब तान्दै राष्ट्र बैंक

३ चैत्र २०८१, आईतवार १०:२४

काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज चैत ३ गते ४० अर्ब रुपैयाँ तान्ने भएको छ।

बैंकले निक्षेप संकलन उपकरण मार्फत् पैसा तान्न लागेको हो भने यसका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन्।

यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। २१ दिने निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी चैत २४ गते गरिने बैंकले जनाएको छ।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*