प्रतिकित्ता ५३१ रुपैयाँमा फरवार्ड माइक्रोको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

३ चैत्र २०८१, आईतवार ०६:२८

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँमा बिक्रीमा राखेको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले आज चैत ३ गतेदेखि १७ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको लागि मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

यस्तो बोलपत्र सुनसरीको दुहबीस्थित केन्द्रीय कार्यालय वा काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिट लिमिटेडको कार्यालयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*