युनाटेड अजोडको महाप्रबन्धकमा सञ्जय र काशीनाथ नियुक्त, धिरज ढुंगानाले पाए मुख्य प्रबन्धकको जिम्मेवारी

१ चैत्र २०८१, शुक्रबार २२:११

काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीको महाप्रबन्धकमा संजय अर्याल र काशी नाथ वुर्लाकोटी नियक्त भएका हुन् ।

त्यस्तै धिरज ढुंगानाले पनि कम्पनीको कम्पनीको मुख्य प्रबन्धकको जिम्मेवारी पाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेको संजय अर्यालले नेपाल इन्स्योरेन्सबाट करिव २६ वर्ष सेवा अवधिमा उच्च ब्यवस्थापन समुहमा रहि कम्पनीको व्यावसाय प्रवर्धनमा लामो अनुभव हासिल गरेका छन्। कम्पनीको मार्केटिङ्ग, विभाग प्रमुख भई व्यापार प्रवर्धन, शाखा व्यवस्थापन तथा कर्मचारी व्यवस्थापन समेत को अनुभव हासिल गरेका हिमालयन एभरेष्टमा समेत कारिव २ वर्ष सोही तहको भूमिकामा समेत काम गरिसकेको अनुभव उनमा रहेको छ।

त्यस्तै, काशिनाथ बुर्लाकोटी हिमालयन एभरेष्ट इन्स्योरेन्स मा उच्च व्यवस्थापन समुहमा रहि व्यवस्था बीमा बजार प्रवद्र्धन या कारिव र वर्षको कार्य अनुभव हासिल रहेको छ । बुलाकोटी चार्टर्ड एकाउण्टेड हुन् भने उनीसँग बैकिङ्ग, र बीमा दुबैको कार्यअनुभव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*