मलेसियाबाट आएको बटिक एयर त्रिभुवन विमानस्थलमा अवतरण गर्न सकेन
२८ फाल्गुन २०८१, बुधबार १६:५८

काठमाडौँ । मलेसियाबाट काठमाडौँ आउँदै गरेको बटिक एयर मलेसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आकाशमा फन्का मारिरहेको छ। विमानले तोकिएको समयमा अवतरण गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
विमानले लामो समयदेखि काठमाडौं आकाशमा चक्कर लगाइरहेको छ। बटिक एयरको विमान पटक–पटक अवतरण गर्ने प्रयास गरे पनि सम्भव नभएपछि पुनः आकाशमै फन्को मारिरहेको छ।