त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल, ८ वटा जहाज आकाशमा फन्को मार्दै

२८ फाल्गुन २०८१, बुधबार १६:१०

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान व्यवस्थापनमा समस्या देखिएको छ। मौसम प्रतिकूल भएकाले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन्। फलस्वरूप, आठभन्दा बढी विमान काठमाडौंको आकाशमा अवतरणप्रतीक्षामा फन्को मार्न बाध्य भएका छन्।

भारत, जापान, मलेसिया तथा नेपालकै धनगढी, पोखरा, सिद्धार्थनगरलगायत विभिन्न गन्तव्यबाट आएका जहाजहरू सुरक्षित अवतरणका लागि अनुमति नपाएपछि आकासमै परिक्रमा गरिरहेका छन्। यसले यात्रुहरूलाई असहज स्थिति सिर्जना गरेको छ भने एयर ट्राफिक व्यवस्थापनमा पनि दबाब बढेको छ।

विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा जहाजहरू अवतरण गर्न नसकेको अधिकारीहरूले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*