नेपाल विश्वको दोस्रो सबैभन्दा बढी प्रदूषित देश, उपत्यकामा वायु गुणस्तर अति अस्वस्थ स्तरमा

२८ फाल्गुन २०८१, बुधबार १४:१७

काठमाडौं । स्विजरल्याण्डको वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। पहिलो स्थानमा भारत रहेको छ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ, जुन लामो समयदेखि पानी नपरेको र हावा नचलेको कारण बढेको हो।

आज बिहान दाङको देउखुरी क्षेत्रको वायु गुणस्तर सबैभन्दा खराब देखिएको छ, जहाँ एक्यूआई १९२ मापन गरिएको छ। त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क, साथै ललितपुरको खुमलटार र भैंसेपाटी क्षेत्रको हावा पनि अति अस्वस्थकर स्तरमा पुगेको छ।

यसैगरी, चितवनको भरतपुर र धनकुटाको वायु गुणस्तर पनि अति खराब स्थिति मा छ। अहिले काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको छ।

वातावरण विभागका अनुसार, ०–५० एक्यूआईसम्मको सूचकांक राम्रो मानिन्छ भने ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक स्तरमा पुगेको मानिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*