काठमाडौंमा करेन्ट लागेर सहचालकको मृत्यु

२८ फाल्गुन २०८१, बुधबार १२:५६

काठमाडौं । काठमाडौं करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । कागेश्‍वरी मनोहरा नगरपालिका–७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।

सोही नगरपालिका–७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र . ०३–००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*