सत्तापक्ष निकट समूहद्वारा स्वतन्त्र उम्मेदवारमाथि आक्रमण गरेको भन्दै सांसद श्रेष्ठको आपत्ति

२८ फाल्गुन २०८१, बुधबार १२:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र उम्मेदवार दिपक देवकोटामाथि भएको कुटपिटप्रति आपत्ति जनाएकी छिन्। प्रतिनिधि सभाको बैठकमा न्यून समयमा बोल्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा राजनीतिक हस्तक्षेप बन्द गर्न सरकारलाई आग्रह गरिन्।

सांसद श्रेष्ठले समाजिक सञ्जालमा आएका रिपोर्टहरूलाई उद्धृत गर्दै स्वतन्त्र समूहका सचिव पदका उम्मेदवार देवकोटामाथि सत्तारूढ दलनिकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले सामूहिक आक्रमण गरेको उल्लेख गरिन्। उनले भनिन्, ‘समाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरी आरआर क्याम्पसमा स्वतन्त्र उम्मेदवार समूहका सचिव उम्मेदवारलाई दिपक देवकोटालाई सत्तापक्षका निकटका भातृ संगठनहरुले सामुहिक आक्रामण गरेको छ । ध्यानाकर्षण गर्दछु’

आरआरमा स्वतन्त्रबाट सभापतिमा उम्मेदवारी दर्ता गरेका हर्क बोहराले आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिवलाई निराजन भट्टको समुहले क्याम्पसको भित्र खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*