बीमा अभिकर्ताको अनलाइन परिक्षा पुन सुचारु, २५ सय शुल्क लाग्ने

काठमाडौं बीमा अभिकर्ताको अनलाइन परिक्षा आवेदन पुन सुचारु भएको छ । फागुण १३ गतेदेखि बन्द गरिएको अनलाईन परिक्षा पुन सुचारु गरिएको प्राधिकरणले जनाएको छ ।
बीमा नियामावलीको नयाँ व्यवस्था अनुसार प्राधिकरणले रोकिसकेको व्यवस्था पुन सुचारु गरेको हो । नयाँ नियामावली कार्यान्वयनमा गर्न नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको अनलाइन परिक्षा आवेदन सुरु गरेको हो ।
पछिल्लो समय बीमा अभिकर्ताको शुल्कमा वृद्धि भएको छ। पुरानो नियामावली अनुसार ५०० रुपैयाँ शुल्क लिइन्थ्यो भने नयाँ नियामावली अनुसार अब २५ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ।
शुल्क वृद्धि हुँदा बीमा अभिकर्ताहरूले परीक्षा आवेदनको लागि अब यस नयाँ शुल्क रकम बुझाउनु पर्नेछ।
सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । बीमा नियामावलीले पुराना बीमा अभिकर्ताहरुका लागि बीमा नविकरण गर्न एसएलसी भए हुने र नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरेको छ ।
बीमा अभिकर्ता बन्ने प्रक्रियालाई पनि थप व्यवस्थित बनाइएको छ । अब अभिकर्ता बन्न कम्तिमा १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने भएको छ ।
बीमा अभिकर्ताका लागि विशेष तालिम तथा परीक्षा अनिवार्य गरिएको छ । बीम दलाल तथा तेस्रो पक्ष सहजकर्ताका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।
शुल्क बढेसँगै तालिम अनिवार्य रूपमा लिई मात्र परीक्षा दिन पाउने प्रबन्ध गर्न आवश्यक हुन्छ ।