प्रतिकित्ता २११ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

२० फाल्गुन २०८१, मंगलवार ०९:१०

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक सबैले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २११ रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण ८० हजार कित्ता खरिदका लागि आवेदन दिन पर्नेछ। यसर्थमा सो शेयर खरिदका लागि न्यूनतम १ करोड ६८ लाख ८० हजार रुपैयाँ लाग्नेछ।

यसमा आज फागुन २० गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति फागुन २७ गते तोकिएको छ। इच्छुक व्यक्तिले उक्त शेयरको मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*